निजगढ,नेपाल सितोरियो कराते संघको दोस्रो राष्ट्रिय अधिवेशन तथा साधारण सभा बुधवार निजगढमा सम्पन्न भएको छ ।अधिवेशनको उद्धाटन सत्रमा बोल्दै प्रमुख अतिथि थानेश्वर राईले देशले खेल क्षेत्रको विकासको लागि आवश्यक लगानी गर्न नसकेको बताउनुभयो । उहाँले देशमा खेल वातावरण हुने हो भने नेपालीहरुले पनि ओलम्पिक गेम्समा पदक जित्नसक्ने दाबी गर्नुएभएको थियो ।अधिवेशनले पूर्वअध्यक्ष दावा गुरुङलाई दोस्रो कार्यकालको लागि पनि अध्यक्षमा निर्विरोध चयन गरेको छ । त्यसैगरी संघको बरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह पनि निर्विरोध निर्वाचिन हुनुभएको छ ।२७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिमा चयनको लागि बुधवार राति अबेरसम्म पनि गृहकार्य भइरहेको र सबै पदाधिकारीहरुको चयन सर्वसम्मतिले गरिने नेपाल सितोरियो कराते महासंघका अध्यक्ष युवराज लामाले जानकारी दिनुभयो ।संघका अध्यक्ष दावा गुरुङ्गको अध्यक्षतामा भएको सो अधिवेशन तथा साधारण सभामा मधेस प्रदेश सभा सदस्य मिना लामा, नेपाल सितोरियो कराते महासंघका केन्द्रीय अध्यक्ष युवराज लामालगायतले बोल्नुभएको थियो ।अधिवेशनमा देशका ६५ जिल्लाका करिव ८८ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




















