कृष्ण मोहन साह
सेढवा – पर्सामा एक महिला माथि जबर्जस्ति करणीको प्रयास भएको छ । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ मा नातामा आफ्नै जेठाजु पर्नेले एक महिला माथी जबर्जस्ती करणीको प्रयास गरेका हुन । जिराभवानी गाउँपालिका वडा नम्बर १ महादेवपटिको बिन टोलिका स्थानीय दारा भनिने राजकुमार दिस्वा थारुले नातामा पर्ने भाइ बुहारीलाइ हिजो बेलुकी सात बजेको समयमा धारामा पानी लिन जादा जबर्जस्ती करणी गर्न खोजेको पीडितले आरोप लगाएकी छिन ।
पीडित को श्रीमान रोजगारीको शिलशिलमा पाँच महिना अगाडि भारत गएको बेला देखि नै बारम्बार मोबाइलमा विभिन्न बाहानामा फोन गरि जबर्जस्ती करणी गर्न खोजेको पीडित महिला निवेदनमा उल्लेख गरेकी छिन । पीडित महिला ईलाका प्रहरी कार्यालय लिखित उजुरी समेत दिएको वडा अध्यक्ष सेख नुमान आजमले बाताएका छन् ।
पीडित उजुरीको आधारमा पिडक भनिएका राजकुमार दिस्वालाई प्रहरीले शुक्रबार दिउँसो जिराभवानी गाउँपालिका वडा नम्बर १ बलुवा गाउँबाट उनलाई पक्राउ गरिएको दिस्वालाई आवश्यक कार्वाहीको जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक अरुण कुमार रायले जानकारी दिनुभयो ।