जियालाल चौधरी

कोल्हबी,नागरिक उन्मुक्ति पार्टीले बाराको कोल्हबी र पर्साको पटेर्वासुगौली गाउँपालिका पार्टीका संरक्षक एवम पूर्वमाननीय रेशमलाल चौधरीको स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ ।थारु कल्याणकारिणी सभा गाउँ इकाई कार्य समिति कोल्हबीका सभापती रामबाबु चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वमाननीय तथा थारु अगुवा रेशमलाल चौधरीले थारु जातिको हकहित र एकताको निम्ति एकजुट हुनुपर्ने बेला आएको बताउनुभयो । उहाँले आफू थारु समुदायको हक अधिकार कायम गर्न तथा उनीहरुलाई राज्यको सबै निकायमा आरक्षण प्रदान गर्ने आन्दोलनको अगुवाइ गरिरहेको पनि बताउनुभयो ।पार्टीका संरक्षक चौधरीले आफ्नो ८ वर्षिय जेलजीवन अत्यन्तै कष्टकर भएको बताउदै आफूलाई अन्यायपूर्वक जेलमा राखिएको पनि बताउनुभएको थियो । कार्यक्रममा माननीय गङ्गाराम थारु, कोल्हबी नागरिक उन्मुक्ति पार्टी मधेस प्रदेशसभाकी माननीय उर्मिला देबी चौधरी, नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य गुन्जा चौधरी, कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीलगायतले बोल्नुभएको थियो ।कार्यक्रममा कोल्हबी नगर उपप्रमुख उपप्रमुख लक्ष्मीकुमारी चौधरी, नागरिक उन्मुक्ति पार्टी मधेस प्रदेशकी महिला विभाग प्रमुख एवंम केन्द्रीय सदस्य राधा चौधरीलगायत स्थानीय थारु अगुवाहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य जयप्रकाश चौधरीको रहेको थियो भने कार्यक्रमको संचालन ज्ञानु चौधरीले गर्नुभएको थियो ।त्यसैगरी नागरिक उन्मुक्ति पार्टी जिल्ला कार्यसमिति पर्साले पटेर्वासुगौली गाउँपालिका वडा ३ पुर्बारीदेकुलीमा सोमवार स्वागत तथा अभिनन्दन कार्यक्रम आयोजना गरेको छ । जिल्ला कार्यसमिति पर्साका अध्यक्ष निरन्जन चौधरी थारुको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा पार्टीका नेता एवं सांसद रेशमलाल चौधरी थारुको स्वागत तथा अभिनन्दन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी अध्यक्ष थारुले कैलाली घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभएको छ । उहाँले आफू निर्दोष हुदाँहुदै पनि सरकारले अन्यायपूर्ण तरिकाले आफूलाई ८ वर्षसम्म जेलमा राखेको गुनासो गर्नुभएको थियो । अध्यक्ष थारुले नागरिक उन्मुक्ति पार्टीलाई सहयोग गर्न पनि अपिल गर्नु भएको थियो । कार्यक्रममा सांसद माननीय गंगााराम चौधरी थारु, मधेस प्रदेश सांसद माननीय उर्मिला चौधरी थारु, नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दामोदर पण्डित, सर्लाही जिल्ला कार्यसमितिका अध्यक्ष पृथ्वीनारायण सिंह, थारु कल्याणकारी केन्द्रीय सदस्य बृजमोहन चौधरी थारु, थारु कल्याणकारी पर्साका अध्यक्ष रामेश्वर महतो थारु, केन्द्रीय उपाध्यक्ष भागवतप्रसाद थारु, केन्द्रीय परिषद सदस्य महेन्द्र चौधरी थारु, नन्दकिशोर पन्जियार थारुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here