पर्साको जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा पौडी खेल्ने क्रममा एक जना भारतीय किशोरीको डुबेर मृत्यु भएको छ ।जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दसौंतास्थित ओरिया खोलामा पौडी खेल्ने क्रममा भारत बिहारको पश्चिमी चम्पारण इनर्वा गाउँको वडा नम्बर ८ बस्ने अब्दुल अन्सारीको छोरी १२ वर्षीय गुलाबसा खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलवार दिउँसो करिब २ बजे डुबेर खातुनको मृत्यु भएको हो ।मृतक खातुनसँगै पौडी खेल्न गएका ३ जना भारतीय किशोर किशोरीहरुलाई जानकीटोला चौकीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक अशोक बस्नेतको कमाण्डमा खटिएको टोलीले उद्धार गरेको छ ।ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक मोहन बिक्रम केसी सहितका टोली घटनास्थलमा पुगि मुचुल्का उठाई मृतक खातुनलाई पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाईएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।

Leave a Reply