निजगढ,निजगढ– काठमाडौं द्रुतमार्ग (फास्ट ट्र्याक) सुरुङ अन्तर्गत निर्माणधीन महादेवटार सुरुङ खन्ने काम ६५ प्रतिशत सकिएको छ । आगामी चैत मसान्तभित्रे ‘ब्रेक थ्रु’ गर्नेगरी निर्माणको काम भइरहेको नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीका अनुसार यो सुरुङको काठमाडौंबाट निजगढतर्फ जाने दूरी ३ हजार ३८६ मिटरमध्ये २ हजार २८८ मिटर खनिसकिएको छ ।
त्यस्तै, निजगढबाट काठमाडौं आउने यही सुरुङको ३ हजार ३२२ मिटर दूरीमध्ये २ हजार २९ मिटर दुरी खनिसकिएको छ । ‘महादेवटार सुरुङ सबैभन्दा लामो सुरुङ हो,’ उहाँले भन्नुभयो, ‘यसको ०८१ साल भित्र ‘ब्रेक थ्रु’ गरिसक्ने तयारी छ ।’
यसअघि लेनडाँडा र धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ भएर फिनिसिङको काम भइरहेको छ । त्यस्तै, पछि विस्तृत परियोजना प्रतिबेदन (डीपीआर) संसोधन भइ तीनवटा सुरुङ भएका छन् । जुन सुरुङको ठेक्का भएर निर्माण सुरु हुने तयारी छ । देविचौर र सिसौटार सुरुङ ठेक्का सम्झौता भएर डिजाइनको चरणमा छन् । चन्द्रामभिर सुरुङ ठेक्का हुने प्रक्रियामा रहेको प्रवक्ता केसीले बताउनुभयो ।
०७४ सालबाट नेपाली सेनाको व्यवस्थापनमा निर्माण थालिएको आयोजनाको म्याद ०८३ चैत मसान्तसम्म छ । कुल दूरी ७०.९७७ किमि रहेकोमा ६.५ किमिको खोकना खण्डमा अझै ठेक्का व्यवस्थापनको काम हुन सकेको छैन ।
नेपालमा खासगरी पाँच प्रजातिको सयपत्री फूल पाउने भए पनि कलकतिया तथा पटनिया प्रजातिका सयपत्रीफूल अत्यधिक बिक्री हुने व्यापारी तथा किसानहरु बताउँछन् । फूल खेतीका लागि प्रचुर सम्भावना भएकाले स्थानीय सरकारले यसको विकासमा जोड दिनुपर्ने फूल व्यवसायीको भनाई छ ।

Leave a Reply