पोखरिया, १३ साउन– पर्साको पोखरिया नगरपालिका वर्डा नं ९ सेमबारीमा नव निर्मित सातोमाई मंदिरको सोमबार एक कार्यक्रमबीच पोखरिया नगरप्रमुख दिपनरायण रौनियारले उदघाटन गर्नुभएको छ ।

 

सेमरबारिबर्वा गाउँमा रहेको सातोमाईको नवनिर्मित मंदिरको धार्मिक विधिअनुसार पूजापाठ गरी विधिवत रुपमा नगरप्रमुख रौनियारले उदघाटन गर्नुभएको थियोे ।

 

नगरप्रमुख रौनियारले मुर्तिमा फुलमाला चढाएपछि रिवन काटेर मन्दिर उदघाटन गर्नुभएको हो । पोखरिया नगरपालिकाको १५ लाख सहयोगमा सातोमाई मंदिर निर्माण भएको स्थानीय समाजसेवी सरजुग महतोले बताउनुभएको छ ।

 

विश्वव्यापी रुपमा फैलिरहेको करोना भाईरस रोगबाट बच्ने सतर्कता अपनाउदै मंदिर उदघाटन गरिएको समाजसेवी महतोले जानकारी दिनुभयो ।

 

उदघाटन कार्यक्रममा वर्डा अध्यक्ष रामबाबु चौहान, जनता समाजवादी पार्टीका नेता नेजामुदिन समानी, शंकर यादव, मुखतार मियाँ, अवध साह, सुरेन्द्र सिंह, राजु रौनियार, बिनोद पाण्डेलगायत स्थानीय महिला तथा पुरुष भक्तजनको उपस्थिति रहेको थियो ।
फोटो पनि छ।

नगरसभा ढिलो हुँदा वडाको दैनिक कामकारबाहीमा समस्या भएको भन्दै प्रतिपक्ष दलका वडाध्यक्षले साउन १५ भित्र नगरसभा नभए वडा कार्यालय तालाबन्दी गरेर चाबी बुझाउने जनाएका छन ।

 

साथै, उनीहरुले नगरपालिकामा समेत तालाबन्दी गरेर धर्ना दिने चेतावनी दिएका छन । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख डा.कृष्ण पौडेलले हालका लागि राजस्वको दररेट परिवर्तन नगरिएको र साउन महिनाभित्रै नगरसभा गर्ने तयारी भइरहेको जानकारी गराउनुभएको थियो ।

Leave a Reply