काठमाण्डौ – नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मुख्य फरवार्ड सावित्रा भण्डारीले इजरायलको लिगमा उत्कृष्ट प्रदर्शन गरेकी छिन् ।इजरायली महिला फुटबलको शीर्ष डिभिजनको पहिलो खेलमा हापोएल राननाले रमाट हशारोनलाई ४–० को फराकिलो अन्तरले हराएको छ । यो खेलका चार वटै गोल सावित्रा एक्लैले गरिन् ।उनी प्लेअर अफ म्याच पनि बनिन् । सावित्रा नेपालबाट युरोपेली लिग खेल्ने पहिलो महिला खेलाडीका रुपमा गएको महिना इजरायल गएकी थिइन् ।

Leave a Reply