वीरगञ्ज, नेपाली युवा उद्यमी मञ्च –एनवाइइएफ) वीरगञ्ज च्याप्टरको नयाँ कार्यसमिति चयन भएको छ ।सोमवार सम्पन्न एनवाइइएफ वीरगञ्ज च्याप्टरको तेस्रो साधारणसभालेसन्दीप अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।वीरगञ्जस्थित होटल लर्ड्स दियालो प्लाजामा आयोजित सभाले आगामी वर्ष २०८०-८१ को लागि अग्रवालको नेतृत्वमा गठन गरेको कार्यसमितिको प्रथम उपाध्यक्षमा पंकज अग्रवाल र द्धितीय उपाध्यक्षमा विश्वासप्रताप साहलाई चयन गरेको छ ।कार्यसमिति सदस्यमा विकास ठाकुर, अक्षत शाह, मनिषा सुनुवार श्रेष्ठ, मोहित गुप्ता, दीपल खन्ना, किसन केयाल, सुरज रुङ्गटा, चन्दन सिंह र राधा हमाल चयन भएका छन् । च्याप्टरको आमन्त्रित कार्यसमिति सदस्यमा मनिष सिस्का र रिकेश साहलाई मनोनित गरिएको छ ।निवर्तमान अध्यक्ष राकेश साहलाई पनि एनवाइइएफको प्रावधानअनुसार कार्यसमिति सदस्यमै राखिएको नवनिर्वाचित अध्यक्ष अग्रवालले जानकारी दिनुभयो ।त्यसैगरी च्याप्टरको सल्लाहकार समितिमा एनवाइइएफ वीरगञ्जका संस्थापक अध्यक्ष अरविन्द्रबहादुर अमात्य, पूर्वअध्यक्ष अनुप अग्रवाल, राहुल अग्रवाल र आशिषकुमार लाठलाई मनोनित गरिएको छ ।साधारणसभामा बोल्दै प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नगरको विकासका लागि युवा उद्यमीसँग आफू सधै हातेमालो गर्न तयार रहेको बताउनुभयो । ‘तपाईँ युवाहरु मेरो ऊर्जाका स्रोत हुनुहुन्छ । तपाईँहरुसँग मिलेर काम गर्न म सधै तयार छु, आउनुहोस हातेमालो गरौँ, के गर्न सकिन्छ मिलेर गरौँ ।’ उहाँले भन्नुभयो ।उहाँले वीरगञ्जलाई युवा मैत्री शहर बनाउँन एनवाइइएफबाट आफूले आगामी वर्षमा अहिलेको भन्दा दश गुणा बढी काम र सहकार्यको अपेक्षा गरेको पनि बताउनुभयो ।नवनिर्वाचित अध्यक्ष सन्दीप अग्रवालले सिकाइमार्फत सदस्यहरुको नेतृत्व र उद्यमशीलता विकास गर्नेतर्फ आफ्नो कार्यकाल केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । अघिल्लो नेतृत्वबाट प्राप्त सिकाइलाई लागू गर्दै आगामी वर्ष थप कार्यक्रम आयोजना गर्ने आफ्नो योजना सुनाउँदै उहाँले भन्नुभयो, ‘नयाँ र पुराना सदस्यबीचको सम्बन्धलाई प्रगाढ बनाउने किसिम गतिविधिलाई प्राथमिकतामा राख्ने छु, एक अर्कासँग सिक्दै नेतृत्व र उद्यमशीलता विकास गरेर आफ्नो व्यवसाय र उद्यममा योगदान गर्न सक्ने किसिमको माहोल बनाउने मेरो प्रयास रहन्छ ।’देशका अन्य स्थानमा रहेका एनवाइइएफ च्याप्टरसँग सम्बन्ध विस्तार, नेपाल उद्योग वाणिज्य महासङ्घ, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, व्यापार तथा निकास प्रवद्र्धन केन्द्र, भन्सार कार्यालय, आन्तिरक राजश्व कार्यालय, वीरगञ्ज महानगरपालिकासहित जिल्लाका अन्य स्थानीय तहसँगको सहकार्यमा पनि सिकाइका कार्यक्रमको आयोजना गर्दै उनीहरुसँगको सम्बन्धलाई थप मजबूत बनाउने आफ्नो योजनाका रहेको अग्रवालले सुनाउनुभयो ।अग्रवालले सङ्घीय सरकारले अगाडि सरेको मेड इन नेपाल अभियानसँग एनवाइइएफको भिजन मिल्दोजुल्दो भएको बताउँदै कोभिड १९ महामारीका कारण तयारी गरेर पनि आयोजना गर्न नसकिएको मेड इन नेपाल कार्यक्रम आफ्नो कार्यकालमा गर्ने प्रयासरत हुने पनि बताउनुभयो ।एनवाइइएफका निवर्तमान अध्यक्ष राकेश साहको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा. सुवोधकुमार गुप्ता, नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश लाठ, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल पटवारी, एनवाइइएफ एनजीसीका अध्यक्ष रितेश लामिछाने, प्रथम उपाध्यक्ष साहारा जोशी, द्धितीय उपाध्यक्ष कुशलसुन्दर श्रेष्ठ, एनजीसी सदस्य कृष्ण सापकोटा, नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष अशोक वैध, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उद्योगपती एवम् अर्थविद् जगदीश अग्रवाल, वरिष्ठ उद्योगपति रमेश अग्रवाल, लायन्स क्लबका देवकी नन्दन अग्रवाल, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पर्साका प्रहरी उपरीक्षक कोमल शाहलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply