बारा,बाराको महागढीमाई नगरपालिका वडा नम्बर ८ मा मोटरसाइकल दुर्घटना भएको छ ।
कलैयाबाट लङ्गडाचौक जाँदै गरेको ना २४ प ५३२५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर शुक्रवार पुलको सानो डिभाइडरमा ठोक्किदा दुर्घटना भएको हो ।
सिम्रौनगढ नगरपालिका वडा नम्बर १० बस्ने ३० वर्षीय रतन दासको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि कलैया अस्पतालमा पठाइएकोमा मृत्यु भएको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो ।
त्यसैगरी पिक अप भ्यानबाट लडेर जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ को सागर चौकमा १ जना घाइते भएका छन् । हेटौडाबाट पथलैयातर्फ आउँदै गरेको प्र.०२–०३–०१ च. ४९२० नम्बरको पिकअपबाट झर्ने क्रममा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ निवासी ३५ वर्षीय कुमार थिङ्ग घाइते बनेको प्रहरीले बताएको छ ।
उनको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सिमरास्थित अल्पाईन अस्पतालमा उपचार लगिएकोमा थप उपचारका लागि हेटौडाको चुरेहिल अस्पतालमा रिफर गरिएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको अवस्था मध्यम छ । बाराको कोल्हबी नगरपालिका वडा नम्बर २ बस्ने चालक हरीबहादुर थापा र पिकअप प्रहरीको नियन्त्रणमा छ ।



















