सिमरा,बाराको पथलैयाबाट प्रहरीले शुक्रवार दिउँसो ३६ किलो गाँजासहित अटोका चालक र गाँजा तस्करलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नं. १३ बस्ने ४० वर्षिय अटोका चालक सजन स्याङतान र सोहि वडा बस्ने गाँजाका तस्कर ३५ वर्षिय भुवन तितुन रहेका छन् ।

हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना.२.ह.२८८८ नम्बरको अटोलाई शंकाको आधारमा प्रहरी टोलीले पथलैया चोकमा चेक जाँच गर्दा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

पक्राउ परेका स्याङतान र तितुनलाई गाँजा र अटो सहित अनुशन्धानका लागि अहिले ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here