सरकारले एक महिनाको अन्तरालमा करिब ३० रुपैयाँ भन्दा बढी इन्धनको मुल्यमा वृद्धि गरेको छ । पछिल्लो महिना दिनदिनै जसो इन्धनको मुल्य वृद्धि भइरहेको छ । बिभिन्न कारण र बाहाना बनाउदै नेपाल आयल निगमले इन्धनको व्यापक र उच्च मुल्य वृद्धि गरिरहेको छ । जसका कारण नेपाली उपभोक्ताहरु भने प्रत्यक्ष मारमा परेका छन् ।

खाना पकाउने ग्याँसको मुल्य पछिल्लो समय नबढे पनि यसको मुल्य पनि कुन समय कति बेला बढ्ने हो कुनै ठेगान नहुँदा उपभोक्ताहरु चिन्तित बनेका छन ।पेट्रोल र डिजेलको त कुरा गरी साध्य नै छैन । रातारात यी बस्तुहरुको मुल्य वृद्धि हुँदा समेत नेपाल आयल निगमले अझै पनि घाटामा गएको विवरण आम नागरिकहरुलाई सुनाउने गर्दछ । सधै घाटामा मात्रै रहने नेपाल आयल निगमलाई सरकारले किन पाल्नु पर्यो भन्ने मुल प्रश्न अब खडा भएको छ । घाटामा रहने आयल निमगलाई सरकारले जनताको ढाड सेकेर यसरी संधै मुल्य बढाउनुको अर्थ के ?

 

अब इन्धनको आयात प्रतिस्थापनको नीति सरकारले लिन जरुरी छ र अर्को इन्धनको आयातका लागि सरकारी स्तरबाट नभइ नीजिलाई दिन आवश्यक छ । जति पटक मुल्य बढे पनि सरकारले बार्षिक ठेक्का गरेर न्यूनतम् रकममा इन्धन उपलब्ध गराउने जुनसुकै व्यक्ति वा निकायलाई दिँदा हुन्छ । तर त्यसतर्फ नसोचेर सरकारको नियत र आयल निगमको सोच दुबै जनता मारा छ भन्ने कुरा प्रमाणित भएको छ ।

 

 

Leave a Reply