काठमाण्डौं,दक्षिण अफ्रिकामा चलिरहेको भारत, ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिकाको संस्था ब्रिक्समा बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष प्रस्ताव पेस गर्नुभएको छ । भारत चन्द्रमामा अवतरण गर्ने चौथो देश तथा चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बनेर इतिहास बनेकै दिन बुधवार सम्मेलनमा मोदीको यो प्रस्ताव आएको हो ।दक्षिण अफ्रिकाको सहर जोहानेसबर्गमा १५औँ ब्रिक्स शिखर सम्मेलनमा मोदीले सम्बोधन गर्नुभयो । भारतको चन्द्रयान–३ चन्द्रमामा पुग्दा भिडियोमार्फत् उहाँले दक्षिण अफ्रिकाबाटै जोडिएर सम्बोधन गर्नुभएको थियो । चन्द्रयान मिसन भारतको सफल भएपछि अहिले विश्वभरबाट भारतलाई बधाईको ओइरो लागेको छ ।भारतका विभिन्न सहरमा उत्सव भइरहेका छन् । चन्द्रमाको दक्षिणी ध्रुवमा भारतले आफ्नो अन्तरिक्षयानको सफल अवतरण गराएको छ । गएको जुलाई १४ तारिखमा पृथ्वीबाट उडान भरेको चन्द्रयान–३, चालिस दिनको यात्रा पूरा गरेर बुधवार बेलुका चन्द्रमामा अवतरण गरेको हो । यसअघि अमेरिका, रुस र चीनले इक्वेटर भनिने चन्द्रमाको मध्यरेखा वरपर आफ्नो अन्तरिक्षयान अवतरण गराएका थिए ।चन्द्रयान–३को एउटा मुख्य उद्देश्य चन्द्रमामा बरफको खोजी गर्नुरहेको छ । यसअघि सन् २०१९ मा भारतले चन्द्रयान–२ अभियानलाई दक्षिणी ध्रुवनजिकै अवतरण गराउने प्रयास गरेको थियो । तर यान दुर्घटनामा परेपछि अभियान विफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here