तरकारी हरेकको भन्छामा पाक्नु पर्ने खाद्यान्न सामग्री नै हो । हरेक दिन हरेको भान्छामा तरकारी पाक्ने गर्दछ । तर यो तरकारीमा पनि आम नागरिकहरु बिस्तारै परनिर्भर हुँदै गइरहेका छन् । आफ्नोलागि आवश्यक पर्ने तरकारी उत्पादन गर्न नसक्दा बजारमा भर पर्नु स्वभाविक पनि हो । बजार भनेको हाटबजार वा त्यस आसपासका स्थल हुन् । जहाँबाट आफूलाई मन पर्ने तरकारी खरिद गर्ने गरिन्छ ।

तर त्यही तरकारीको भाऊ पछिल्ला दिनमा छोइ नसक्नुको भएको छ । यसो हुनुको कारण मुख्यत तरकारीमा आम उपभोक्ताहरु परनिर्भर हुनु नै हो । तरकारीमा उपभोक्ताहरु परनिर्भर भएका कारणले पनि तरकारीको मुल्य बढेको हो । हरेक नागरिकहरुले आफ्नो परिवारका लागि आवश्यक पर्ने हरियो तरकारी कुनै हिसावले उत्पादन गर्न सके मात्रै पनि तरकारीको अभाव हुने थिएन ।

त्यो त बजारमा निगरानी पनि आवश्यक छ । राज्यका निकायहरुले निगरानी बढाउन नसक्दा पनि भाऊ बढ्ने गरेको छ । तरकारीको भाऊ बढ्नु भनेको आम उपभोक्ताहरुको भान्छा महँगो हुनु पनि हो । त्यसैले पनि बजारमा नियमित अनुगमन हुन आवश्यक छ । अहिले वास्तविक कृषकहरु मारमा परेका छन् । उनीहरुले उत्पादन गरेको तरकारी बर्षाले कुहिएको छ तर बिचौलियाहरु भने मालामाल भएका छन् । यसतर्फ राज्यका निकायले ध्यान दिन आवश्यक छ ।

Leave a Reply