अस्पताल भनेको निकै संवेदनशील स्थान हो । कोही बिरामी भएभने जीवन जोगाउन लागि जाने भनेको अस्पतालमा नै हो ।
नेपालमा दुई खाले अस्पतालहरु छन् ।एक सरकारी अनि अर्को निजी । निजी अस्पतालहरुको आफ्नो नीति अनि कानुन छ र उनीहरु सरकारीभन्दा निकै स्तरीय र राम्रा देखिन्छन् अनि महँगा पनि हुन्छन् । तर सरकारी अस्पतालको अवस्था हेरियो भने निकै दुरावस्था देखिन्छ । फेरि निजी र सरकारीमा काम गर्ने चिकित्सकहरु भने खासै फरक पनि हदैनन् तैपनि सरकारी अस्पतालमा सुधार हुदैन ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले मधेसका सरकारी अस्पतालको अनुगमन गर्न थाल्नुभएको छ । सरकारी अस्पतालमा धेरै समस्या छन । कुनै अधिकारीले अनुगमन गरेर मात्रै त्यसमा सुधार होला भनेर मान्न सकिदैन । अर्को कुरा फेरि अस्पतालहरुप्रदेश सरकार माताहातमा छन कि छैनन भन्ने कुरा पनि छ। मुख्यमन्त्रीले अनुगमन गर्न पाउनु हुन्न पनि भनिएको होइन तर अनुगमन गरेपछि त कमीकमजोरी जे छ त्यसमा सुधार आउनु पर्दछ र ल्याउनु पनि पर्दछ । यदि मुख्यमन्त्रीसंग अधिकार क्षेत्रभन्दा बहिरको विषय हो भने उहाँले अस्पताल अनुगमन गर्नुको अर्थ छैन ।

निजी अस्पतालमा सबै सुविधा छन् तर सरकारीमा उपकरण भएर पनि बिग्रिएका छन् । नबिग्रिएको भएपनि बिगार्ने काम गरिन्छ । गलत गर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कार दिने हैसियत मुख्यमन्त्रीसंग भए अनुगमन गर्नुको पनि अर्थ हुन्छ अन्यथा केवल देखाउनका लागि मात्र अनुगमन गरेको भए चैं त्यसको कुनै अर्थ छैन । यो विषयमा मुख्यमन्त्री स्पष्ट हुन आवश्यक छ ।

 

Leave a Reply