निजगढ, निजगढ नगरपालिका वडा नम्बर ९ नेकपा एमालेका मेयर सुरथ पुरी, उपमेयर पदकी उम्मेदवार सोममाया थिङ्गसहित वडा समितिका उम्मेदवारहरुले मंगलवार मतदाता भेटघाटको क्रममा घरदैलो कार्यक्रम गरेका छन ।
कार्यक्रममा निजगढका मेयर पुरी, उपमेयर थिङ्गसहित वडा अध्यक्षका उम्मेदवार गणेश राजभण्डारी, महिला सदस्य चण्डिका उप्रेती, खुल्ला सदस्यतर्फ चित्रबहादुर चौलागाई, बबिता श्रेष्ठ प्रधान र दलित महिला सदस्य उम्मेदवार इन्द्रकुमार सुनारले मतदातासंग भेटघाट गर्न चुनावी घरदैलो गरेका हुन ।
घरदैलो कार्यक्रममा एमाले मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, सुदर्शन कोइराला, अन्जु नेपालीलगायत कार्यकर्ताको सहभागिता हरेको थियो । ठाडोलाईबाट बिहान सुरु भएको घरदैलो कार्यक्रम तेस्रोबाटोबाट अस्पताल रोड हुदै बकैया नदीकट्टा र पुर्वपश्चिम लोकमार्गको शहीद चोकमा आएर साँझमा समापन गरिएको थियो ।
त्यसैगरी निजगढ नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेका वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुले चुनाव प्रचार अभियानलाई तिव्रता दिएका छन । वडा अध्यक्षका उम्मेदवार गोकुुल तिमल्सिना, खुल्ला सदस्य जीतबहादुर लोप्चन, खडकबहादुर खुलाल र दलित महिला सदस्य चनी बिकले कार्यकर्ता र मतदाता भेटघाटमार्फत चुनाव प्रचार अभियानलाई तिव्रता दिएका हुन । सो वडामा एमालेबाट महिला सदस्य उम्मेदवार बुर्गान लामा यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ । लामा निर्विरोध चयन भएसंगै एमाले कार्यकर्ताहरुमा थप उत्साह थपिएको पाइएको छ । यसपटकको निर्वाचनमा एमाले वडा समितिका उम्मेदवारहरुले वडामा अधुरो रहेका विकास निर्माण कार्यलाई पुरा गर्न र भुमिहिन सुकुम्बासीको लागि जग्गा धनी पुर्जा वितरण जस्ता मुद्दा अघि सारेका छन । सुखी र संवृद्ध वडा निर्माण गर्न आफूले उम्मेदवारी दिएको वडा अध्धयक्षका उम्महेदवार तिमल्सिनाले बताउनुभयो ।
त्यसैगरी सोही वडाका वर्तमान वडा अध्यक्ष जितबहादुर तामाङ्गले योग्य र दक्ष उम्मेदवार भएकोले वडा अध्यक्ष पदमा गोकुल तिमल्सिनालाई मतदान गरी अत्याधिक वहुमतले विजयी तुल्याउन वडाबासीसंग आग्रह गर्नुभएको छ ।