साना किसान कृषि सहकारी सस्था लिमिटेड, फत्तेपुरको १८ औ साधारणसभा फत्तेपुर बजारमा सम्पन्न भएको छ । सभाको उद्घाटन जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेलले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले  कृषी क्षेत्रको प्रवर्द्धनमार्फत समाजको रुपान्तरण सम्भव रहेको बताउनुभयो । सहकारीको माध्यमद्वारा ससाना पूजीमार्फत उद्यमशिलताको विकास सम्भव  हुने बताउनुभयो ।
नगरको समृद्धिका लागी कृषी क्षेत्रको रुपान्तरण जरुरी रहेको बताउनुभयो  । त्यसैगरी कार्यक्रममा बोल्दै साना किशान जिल्ला सघका सचिब राम एकवाल चौधरी ले सहकारीले सेयर सदस्यको जिबनस्तर उकासेको दाबी गर्नु भयो । त्यसैगरी समजसेबी मनोज पौडेलले ८० प्रतिशत बढीले खेती गर्ने फत्तेपुरमा किशानलाइ कृषि आधुनिकीकरण तर्फ उन्मुख गर्नु पर्ने कुरामा जोड दिदै हरेक किसानले जिबिकोपार्जन गरि बचत गर्न सक्ने बाताबरण बनाउनु सरकार सग आग्रह गर्नु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै समाजसेबी इस्वर ढकालले साना किसानले किसानका पक्षमा धेरै काम गरेको बताउनु भयो । सस्थाका अध्यक्ष कन्हायी लाल थारुले सस्थाले २२ करोड पुजि परिचालन गरेको जानकारी दिनु भयो । थारुको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष मोहित चौधरी, साना किशान डुमरबानाका अध्यक्ष बिस्वनाथ लामिछानेमनहर्वाका प्रबन्धक पुष्पराज खतिवडा लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सन्चालन मन्दिप दवाडीले गर्नु भएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here