दिपेन्द्र जैसवाल
गन्जभवानीपुर,बाराको करैयामाई गाँउपालिका जारी प्रथम करैयामाई गोल्ड कप फुबल प्रतियोगीताको आइतवार भएको फुटबल खेलमा न्यु जनजागृती युवा क्लब निजगढलाई हराउदै वीरगञ्ज युनाईटेड विजयी भएको छ ।
करैयामाई गाँउपालिकाको मुख्य सहयोग र श्री नवजन प्रगती युवा क्लबको करैयामाई आयोजनमा भएको सो प्रतियोगितामा वीरगञ्ज युनाईटेड, न्यु जनजागृती युवा क्लब निजगढ़लाई ४-१ गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो ।
खेल म्यान अफ द म्याच वीरगञ्ज युनाईटेडका विकास दर्लामी मगर घोषित भएको आयोजक क्लबका सचिव गोपाल चौधरीले जानकारी दिनुभयो । साथै सोमवारको खेलमा रोयल स्टार र रौतहटको जनज्योति क्लब गुजराबीच हुने छ । त्यसैगरी सोमवार नै हुने अर्को खेलमा रौतहट ए र बर्दिबास फुटबल क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष रुपनारायण यादवले जानकारी दिनुभएको छ । प्रतियोगिता जनता माध्यमिक विद्यालय उमजनको प्राङ्गणमा भइरहेको छ ।

















