निजगढ,निजगढस्थित नवतारा बचत तथा ऋण सहकारी संस्थाको १२औ वार्षिक साधारणसभा शनीवार सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल रहनुभएको थियो ।
सो अवसरमा सहकारीका जेष्ठ सदस्यहरु कृष्णमाया मैनाली र गणेश उप्रेतीलाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष सुशलराज मैनालीको अध्यक्षतामा भएको सो साधारण सभामा स्वागत मन्तव्य सस्थाका लेखा संयोजक रवि बर्तौलाले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष कुलबहादुर गुरुंङले मन्तव्य व्यक्त गर्नुभएको थियो । संस्थाका सचिव नवराज मैनालीले सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


















