जीतपुर,नेपाल सितोरियो कराँतेको जीतपुरसिमरा नगर कमिटीको अध्यक्षमा मनोजकुमार साह चयन हुनुभएको छ । साहको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी गठन भएको हो ।बारा जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक सुनिलकुमार साहको अध्यक्षतामा बसेको बैठकले जीतपुरसिमरा उपमहानगरपालिकास्तरीय नगर कमिटी गठन गरेको हो ।बैठकले नगर कमिटीको उपाध्यक्षमा सुकराम लामा, सचिवमा रवीन्द्र सहनी, कोषाध्यक्षमा निमिसा राई र सदस्यमा किसन, साह, अनिसा गोले, राजकुमार साह, सक्षम पटेल, मिथलेस साह, धर्मेन्द्र मुखिया, ऋद्धि सिंह राजपुत, राजाबाबु साह र सुवासकुमार रौनियार सर्वसम्मत चयन भएका हुन् ।जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुनिलकुमार साहको अध्यक्षता र मध्य क्षेत्रीय खेलकुद विकास उपनिर्देशक सुरेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा नेपाल सितोरियो कराँते मधेस प्रदेशका सदस्य श्रीराम साह, सितोरियो कराँते संघ बाराका अध्यक्ष सानोबाबु कुर्मी लगायतको उपस्थिति रहेको थियो ।यस्तै नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाको प्रथम बैठक आइतवार सम्पन्न भएको छ ।नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा महासंघको प्रथम बैठक सम्पन्न भएको हो । नेपाल खेलकुद पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष तिवारी यादवको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको महासंघका सचिव श्याम कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल खेलकुद पत्रकार महासंघ पर्साको नाम संशोधन गरी नेपाल खेलकुद पत्रकार मञ्च पर्सा राख्ने निर्णय गरेको छ ।यस्तै आगामी एक महिनाभित्र एउटा खेलकुद प्रतियोगिता आयोजना गर्ने र अगामी २ महिनाभित्र मञ्चको प्रथम जिल्ला अधिवेशन गर्ने निर्णय भएको अध्यक्ष यादवले बताउनुभयो ।