चन्द्रपुर,कोरोनाको माहामारीको समयमा सर्वसाधारणलाई वितरण गर्न भनेर संघीय सरकारले राहतमा उपलब्ध गराएको खाद्यान्न वितरण नगरेर कुहिएपछि रौतहट जिल्लाको गरुडा नगरपालिकाले खोलामा फालेको छ ।

कोरोना कहरको समयमा सर्वसाधारणलाई वितरण गर्न सरकारले राहतमा उपलब्ध गराएको खाद्यान्न गरुडा नगरपालिकाका मेयर ईनु यादवका छोरा अनिल यादवले लुकाएर राखेको र अहिले कुहिएपछि रातारात झाँझ खोलामा लगेर फाल्न लगाएको स्थानीय बासिन्दाको आरोप छ ।

लुकाएर राखेको खाद्यन्न खानै नहुने गरी कुहिएपछि मेयर यादवका छोरा अनिलले ४ दिनअघि पुलबाट झाँझ खोलामा फाल्न लगाएको स्थानीय बासिन्दाले बताएका छन् ।

मेयर यादवका छोरा अनिल आगामी स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीबाट गरुडा नगरपालिकामा मेयर पदमा चुनाव लडने तयारीमा छन् । चुनावमा आफ्ना मान्छेलाई वितरण गर्नको लागि लुकाएर राखेको खाद्यन्न कुहिएपछि फालेको भन्दै समाजिक संजाल फेसबुकमा घटना सार्वजनिक भएपछि सोबारे आफूलाई कुनै जानकारी नभएको भन्दै उनी पन्छन थालेका छन् ।

उनकै ईसारामा गरुडा नगरपालिकामा व्यापक रुपमा आर्थिक अनियमिता भएको पनि स्थानीय बासिन्दाको आरोप छ । गरुडा नगरपालिकाको पियन पदमा कार्यरत रहेका यादव नगरपालिकामा हुने सबै आर्थिक अनियमिताका घटनामा संलग्न रहेको पनि बताइएको छ ।

Leave a Reply