रौतहट, रौतहट जिल्लाको क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाका दुई जना स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरू बीच झडप भएको छ । जिल्लाको क्षेत्र नं(३ मा पर्ने कटहरियामा दुई जना स्वतन्त्र उम्मेदवारका कार्यकर्ताहरू बीच झडप भएको हो ।
बुधबार राति करिब साढे ९ को समयमा कटहरिया नगरपालिकाको वडा नं( ५ कटहरिया बजारस्थित शान्ति पेट्रोल पम्प अगाडि मुख्य सडकमा रौतहट क्षेत्र नं(३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल र प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहाका समर्थकबीच वादविवाद भइ दुवै पक्षका कार्यकर्ता जम्मा हुन थालेर भिडन्तको अवस्था उत्पन्न भएपछि नेपाल प्रहरीले ४ राउण्ड अश्रुग्यास र सशस्त्र प्रहरीले ३ राउण्ड हवाइ फायर गरेर भिड नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार दुवै पक्षका समर्थकहरु रक्सी खाएर एक अर्काको उम्मेदवारलाई अश्लील र असभ्य भाषा प्रयोग गर्न थालेपछि विवाद शुरु भएको थियो । विवाद भएपछि दुवै पक्षका कार्यकर्ता झै((झगडा र भिडन्त गर्ने मनसायले जम्मा हुन थालेको र प्रहरीले भिडन्त हुन नदिन सम्झाइ बुझाइ गरे पनि दुबै पक्षका कार्यकर्ता आक्रोशित हुँदै गएको र अचानक ढुंगा र सिसाका टुक्राले प्रहार गर्न थालेपछि थप भिडन्त र झडप हुन नदिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गर्नु परेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ ।
यस विषयमा दुवै पक्षले एक अर्कालाई चुनावमा पैसा र रक्सी बाँडेको आरोप लगाइरहेका छन ्। झडपमा परी तीन जना प्रहरी सामान्य घाइते भएको कटहरिया प्रहरी चौकीले जनाएको छ ।