मकवानपुर, मकवानपुरको बागमती गाउँपालिकामा केही स्थानीयहरु बिभिन्न पार्टी परित्याग गर्दै माओवादीमा प्रवेश गरेका छन् । सोमबार नेकपा एमाले,काङ्ग्रेस र राप्रपा परित्या गरि ६८ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । बागमती –८ को तल्लो भुवनचुलि टोल कमिटीको आयोजनामा जनता सङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत बिजय दशमी,,शुभ दिपावली,नेपाल संवत् तथा छठपर्वको अवसरमा आयोजित अन्तर्कृया तथा शुभकामना आदानप्रदान कार्यक्रमका क्रममा विभिन्न पार्टी परित्याग गरि ६८ जना माओवादीमा प्रवेश गरेको नेकपा माओवादी बागमती गाउँ कमिटीले जनाएको छ । नव प्रबेशिहरुलाई प्रमुख अतिथी, जिल्ला संयोजक शर्केस घलान, प्रदेश कमिटी सदस्य लक्ष्मी पाख्रीन, अतिथी बागमती गाउँकमिटी अध्यक्ष अरुण बल, ले अबिर र खाता लगाएर पार्टीमा स्वागत गर्नु भएको हो । कार्यक्रममा गाउँकमिटी सचिव रहर थिङ,अखिल नेपाल खेलकुद संघको केन्द्रीय सदस्य माधव कोईराला ,प्रदेश सल्लाहकार ,लाल बहादुर सिङ्तान, वडा इन्चार्ज माधब घोरासाईनी, गाउँ कमिटी सदस्य बासुदेव गोले,आशिष् बल, बागमती गाउँपालिका वाइसीएल अध्यक्ष आकाश लोप्चन,राम बहादुर घलान, पार्टी वडा अध्यक्ष पुर्ण बहादुर थिङ,मान बहादुर नेगी,सुनिता नेगीलगा अतिथिहरुको उपस्थिति रहेको थियो! कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी माओवादी मकवानपुका संयोजक एवम् बागमती गाउँपालिकाका अध्यक्ष घलानले प्रचण्ड सरकारले भ्रष्टाचारको जरो उखेल्न काम गरेको भन्दै माओवादीको अब बिकल्प नभएको बताउनुुभयो । माओवादी पार्टीका वडा सचिव दिलकुमार योन्जनले संचालन गर्नु भएको कार्यक्रमको अधयक्षता करण स्याङ्तानले गर्नु भएको नेकपा माओवादी बागमती गाउँ कमिटीका सदस्य आषिस तामांगले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here