निजगढ,निजगढ ६ स्थित गौरीशंकर टोल विकास संस्थाको आयोजनामा डेङ्गु रोग रोकथामको लागि किटनाशक औषधि छर्किने कार्य सुरु भएको छ ।गौरीशंकर टोल विकास संस्थाअन्तर्गत पर्ने गौरीशंकर माध्यमिक विद्यालयमा पनि किटनाशक औषधी छर्किने कार्य भएको छ ।वडा नम्बर ६ की महिला वडा सदस्य आशाकुमारी श्रेष्ठ र आधुनिक युवा क्लबका अध्यक्ष रुपक राज शर्मा घोरसाइनेको सहजीकरणमा औषधि छर्किने कार्य भएको वडा अध्यक्ष घनश्याम तिमल्सिनाले जानकारी दिनुभयो ।



















