कलैया,स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद नारा सहित शनिवारदेखि प्रथम लोहसण्डा गोल्डकप २०८१ सुरु भएको छ ।सन राईज युथ क्लबको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक गोल्डकप प्रतियोगिता सुरु भएको हो ।प्रतियोगितामा वीरगञ्ज सिटिले विजयी सुरुवात गरेको छ । जनशक्ति क्लब कोल्हबीलाई १–० गोल अन्तरले पाखा लगाउँदै विजयी सुरुवात गरेको हो ।
वीरगञ्ज सिटिका लागि खेलको ७औं मिनेटमा अरमान चौधरीले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । कोल्हबीले समेत गोल गर्ने पटकपटक मौका पाउँदा समेत गोल गर्न सकेको थिएन ।
खेलको म्यान अफ द म्याच वीरगन्ज सिटिका अरमान चौधरी घोषित भए ।जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ८ को आर्थिक सहयोगमा सुरु भएको गोल्डकप जेठ २६ गतेसम्म चल्ने छ ।यसअघि प्रतियोगिताको मधेस प्रदेश सभाका सदस्य देवनारायण चौधरीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शिवशंकर कुशवाहाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा मधेश प्रदेश सभा पूर्वसदस्य सुन्दर बिश्वकर्मा, पूर्वनगर उपप्रमुख सरस्वती चौधरी, वडा सदस्य गंगा पटेल लगायतको सहभागिता रहेको थियो ।आयोजक क्लबका अध्यक्ष बन्दन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कृष्णकुमार सिंहले स्वागत र संचालन सन्देश सिंहले गर्नुभएको थियो ।

















