खासगरी कोभिड(१९ (कोरोना) भाइरसको संक्रमण बढ्दो छ। नेपालमा केही हुँदैन भन्दाभन्दै मृत्यु हुने संख्या थपिन थालिसकेको छ भने संक्रमित हुनेको संख्या पनि दिनहुँ उक्लँदो छ। विद्यमान स्वास्थ्य पूर्वाधार, संरचना, कर्मचारीतन्त्रको प्रवृत्ति हेरेरै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई उच्च जोखिममा राखेको थियो।‘नेपालीलाई कोरोना लाग्दैन, लागे पनि पचाउँछन्’ भन्ने शैलीमा सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा खासै चासो राखेन।

 

 

 

 

विश्व महामारीको घोषणा भइसकेपछि नेपालमा यो भाइरसले प्रवेशै गर्न नसक्नेजस्तो मान्यता लिएर सरकार बसेकाले अहिले सकस भएको हो। विशेषतः क्वारेन्टाइनको उचित व्यवस्थापन नभएका कारण संक्रमण मात्र होइन, ज्यानकै जोखिम बढेको हो।सरकारको प्रवृत्ति जे कुरामा पनि झारा टार्ने, गम्भीर ढंगले नलिने छ। कोरोना रोकथामको पहिलो सर्त क्वारेन्टाइन हो भन्ने थाहा पाएर पनि संरचनातर्फ सरकारको खासै ध्यान गएन।

 

 

 

क्वारेन्टाइनमै दुईजना व्यक्तिको मृत्यु भएको छ। क्वारेन्टाइनमा रहेका ती व्यक्तिको कोरोनाबाट मृत्यु नभएको स्वयं सरकारले पुष्टि गरेको छ। क्वारेन्टाइनमा स्वास्थ्यको उचित उपचार नभएर मृत्युवरण गर्न बाध्य भएका हुन्। क्वारेन्टाइनमा क्षमताभन्दा बढी व्यक्ति राख्ने, दूरी कायम नगर्ने, साझा शौचालय प्रयोग गर्ने, खानेकुरा, खानेपानी लगायतका अति आवश्यक कुरामा लापर्बाही गर्ने, अझ कतिपय अवस्थामा बस्नै नसक्ने गरी नाम मात्रको क्वारेन्टाइन बनाएर भाग्न बाध्य पारिएको अवस्था छ। त्यसैले अब नेपाल सरकारले कोरोनाका बिषयमा तत्काल ठोस कदम चाल्न आवश्यक छ ।

Leave a Reply