वीरगञ्ज,पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा जडान गरिएको सीसीटीभी चोरी गर्ने एक युवक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेल्वा घर भई वडा नम्बर १३ तेजारथ टोलमा डेरा गरी बस्ने बर्ष २२ का आशिष कुमार चौधरीलाई सामुदायिक सेवा केन्द्र मुर्लीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।चौधरीले वडा नम्बर ११ को त्रिमूर्ति हल पछाडि जडान गरिएको सीसीटीभी क्यामेरा चोरी गरेको पाईएपछि उनको खोजी भईरहेको थियो । खोजी गर्ने क्रममा मंगलवार बिहान त्रिमूर्ति हल आसपासमा घुमिरहेको अवस्थामा बोलाएर सोधपुछ गर्दा चोरी गरेको स्वीकार गरेको सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र मुर्लीका सचिव कुलनारायण प्रधान दिलिपले जानकारी दिनुभयो ।उनको डेरामा खानतलासी गर्दा सीसीटीभी क्यामेरा पनि फेला परेपछि आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाइएको प्रधानले बताउनुभयो ।पक्राउ परेका चौधरीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

















