आजभन्दा ठीक एक वर्षअगाडि नेपालमा कोरोना भाइरस छिरेको भन्दै सरकारले लकडाउन गरेको थियो र फेरि एक वर्षपछि मुलुकको अवस्था उस्तै बन्ने खतरा देखिएको छ । कोभिड— १९ का रूपमा भित्रिएको यो समस्याले विश्वलाई पिरोलेको पनि एक वर्ष बितिसकेको छ । विश्वभरका वैज्ञानिक र स्वास्थ्यकर्मी सक्रिय हुँदाहुँदै पनि समस्या नियन्त्रणमा आउन सकिरहेको छैन । विश्वभर कोभिड— १९ का कारण मृत्यु हुनेको संख्या २७ लाख २७ हजार नाघिसकेको छ । हालसम्म १२ करोड ३८ लाखभन्दा बढी मानिस यो भाइरसको चपेटामा परिसकेका छन् । अहिले पनि विश्वभर सक्रिय संक्रमितको संख्या दुई करोड १३ लाखभन्दा बढी छ ।

नेपालमा यो भाइरसले तीन हजार १६ जनाको ज्यान लिइसकेको छ । दुई लाख ७५ हजारभन्दा बढी कोभिड— १९ बाट संक्रमित भइसकेका छन् भने हाल सक्रिय संक्रमितको संख्या ९ सय ६९ छ । त्यसो त बारा र पर्सामा पनि कोरोनाबाट ६० जनाको ज्यान गएको छ । विश्वभरका हजारौं वैज्ञानिकको दिनरातको कठोर परिश्रमपछि कोभिड— १९ विरुद्ध केही खोप अस्तित्वमा आएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि केही खोपलाई स्वीकृति प्रदान गरिसकेको छ । विश्वका विभिन्न भूगोलमा बस्ने सात अर्ब ५० करोडभन्दा बढी मानव जातिका लागि यो खुसीको विषय हो । कोभिड— १९ को पहिलो संक्रमित फेला परेदेखि नै अन्योल र त्रासमा जीवन बिताउन बाध्य मानव समुदायलाई खोपले थोरै मात्र भए पनि राहत दिएको छ ।

छोटो समयको परीक्षण र अनुसन्धानपछि ल्याइएका यस्ता खोपको प्रभावकारितालाई लिएर उठेका प्रश्न आफ्नो ठाउँमा यथावत् छन् । खोप बजारमा आए पनि अझै ढुक्क हुने अवस्था सृजना भइसकेको छैन । यो नयाँ भाइरसले मानव जीवनमा पु¥याउन सक्ने क्षतिको जोखिम कायमै छ । विभिन्न औषधि उत्पादक कम्पनीले निरन्तर उत्पादन गरिरहे पनि यी खोप सम्पूर्णको पहुँचमा पुग्न अझै लामो समय लाग्छ । विश्वका थुप्रै विपन्न राष्ट्रका सामान्य नागरिकका लागि त खोप अझै पनि ‘आकाशको फल’ झैं बनेको छ । त्यसैले होलीमा पर्व पनि आउदैछ सचेत हुन र सावधानी अनपाउन आवश्यक छ ।

Leave a Reply