सरकारले आगामी आर्थिक बर्षका लागि सदनमा नीति तथा कार्यक्रम पेश गरेको छ ।सरकारले संधिबानतः जेठ १५ गते बजेट ल्याउने गर्दछ । त्यही बजेटका लागि नीति तथा कार्यक्रम करिब प्रन्ध दिनअगाडि नै ल्याउने परम्परा अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि सदनमा सोमबार नीति तथा कार्यक्रम पेस गरेको हो ।
सरकारले पेस गरेको नीति तथा कार्यक्रमलाई यसपालि अलिक फरक ढंगले पनि हेरिएको छ । मुलुकमा नयाँ र लगभग दुई तिहाइको सरकार भएकाले पनि यसपालि नागरिकहरुका लागि लक्षित गरेर के कार्यक्रम ल्याइयो भन्ने कुरा महत्वपूर्ण छ ।

अघिल्ला वर्षहरुमा पनि सरकारले नीति तथा कार्यक्रम ल्याएकै थियो । यो हरेक वर्ष आउने गर्दछ र सरकार अनुसार नीति कार्यक्रम फरक हुनछन् नै । सरकारले सोमबार ल्याएको नीति कार्यक्रमले धेरै कुरा समेटेको देखिन्छ र केही नयाँ कुरा पनि समावेश गरेको छ ।हुन त् यसअघिका सरकारले पनि निकै महत्वकांक्षी नीति कार्यक्रम ल्याउने गर्दथे तर ती प्रभावकारी कार्यान्वयन हुन्थेनन् र जसका कारण नागरिकहरुमा वितृष्णा बढ्ेको पाइन्थ्यो ।

एकातिर नीति कार्यक्रम अनि अर्कोतिर बजेट आउँदा पनि नागरिकहरुमा निराशा पैदा भयो र यसले देशमा विद्रोहकै अवस्था सृजना भयो । अब यो सरकारले त्यस्तो नीति कार्यक्रम नल्याओस् जुन कार्यान्वयनमा कठिन हुन्छ भन्ने पनि हो ।
केही महत्वकाक्षी नीति कार्यक्रम सरकारले ल्याएको छ । अब हेरौं, वर्तमान बालेन शाहको सरकारले बजेट कस्तो ल्याउनेछ र कसरी नीति कार्यक्रम कार्यान्वयन गर्नेछ । समग्रमा यस पटकको नीति तथा कार्यक्रम केही यथार्थपरक र केहीहदसम्म महत्वकांक्षी पनि देखिएको छ ।

Leave a Reply