सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ को कार्यालयले अक्सिजन ग्यास चाहिए सम्पर्क गर्न आग्रह गरेको छ । कोरोना लागेर उपचार गराउने क्रममा अक्सिजन चाहिए सम्पर्क गर्न वडा कार्यालयले आग्रह गरेको हो । वडा नम्बर २१ का वडा अध्यक्ष कृष्ण ठकुरीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उपचारका क्रममा अक्सिजन ग्यास चाहिए वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभएको हो । स्टाटसमार्फत उहाँले ग्यास चाहिए वडाका जनप्रतिनिधिसंगै सचिवसंग सम्पर्क राख्न आग्रह गर्नुभयो । उहाँले स्टाटसमा कोबिट १९ को संक्रमणबाट ग्रस्त भै उपचार गराउदा यदि कसैलाई श्वास प्रस्वासमा गडबडी भइ अक्सिजनको कमी भएमा वडा नं २१ को कार्यालय सचिव लगायत जन प्रतिनिधिसंग सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।