पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वामा रहेको सर्वसुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।बुधवार बडहर्वास्थित खेलमैदानमा आयोजित साधारण सभाको बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सत्यन्द्र ठाकुरले उद्धाटन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष ठाकुरले सहकारीका सदस्यलाई सहकारीको वास्तविक अर्थ बुझाउन सकेमात्रै सहकारीले उद्देश्य अनुरुपको काम गर्नसक्ने बताउनुभयो । उहाँले संस्थासंग आफ्ना सबै सदस्यलाई सहकारी सचेतना तालिम दिन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष नयनकला खड्का, जीतपुसिरमा उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष चतुरबाबु वाग्ले, कलैया उपमहानगरपालिका वडा नम्बर २४ का अध्यक्ष हिरालाल चौधरी, सर्वसुलभ सहकारी संस्थाका पूर्वअध्यक्ष ध्रुव सिग्देल, सल्लाहकार समितिका सदस्य विनिलप्रसाद अधिकारी, मौवा देवी साकोस बडहर्वाका अध्यक्ष राजुकुमार कार्की र स्थानीय समाजसेवी बसन्त खतिवडा लगायतले बोलेका थिए ।
संस्थाले सो अवसरमा असल कारोबारकर्ता २ र उत्कृष्ट कर्मचारी १ गरी ३ जनालाई पुरस्कृत गुर्नको साथै हालै सम्पन्न बारा बचत तथा ऋण सहकारी संघको अध्यक्षमा पुनः निर्वाचित प्रमुख अतिथि ठाकुर र लेखा समिति सदस्यमा निर्वाचित राजुकुमार कार्कीलाई सम्मान गरेको छ ।४ सय जना महिला सहित ९ सय ९६ जना सदस्यबीचमा ९ करोड ६४ लाखभन्दा बढीको कारोबार गर्दै आएको सहकारीले २४ लाख ३ हजार नाफबाट ६.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय सभाबाट गरेको व्यवस्थापक कृष्ण बुढाथोकीले जानकारी दिनुभयो ।संस्था अध्यक्ष विमलराज भारतीको अध्यक्षता, उपाध्यक्ष जोखु राउत अहिरको स्वागत मन्तव्य र व्यवस्थापक बुढाथोकीको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply