कलैया,बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ३ मा निःशुल्क आँखा तथा दाँत परीक्षण शिवीर सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत वीरगन्ज सामुदायिक आँखा केन्द्र पर्सा र ईलाका प्रहरी कार्यालय प्रसौनी बाराको सयुँक्त आयोजनामा शिवीर सम्पन्न भएको हो ।
शिवीरबाट सो क्षेत्र आसपासका आँखा तथा दाँत सम्बन्धी समस्या भएका १ सय २० भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । विशेष गरी न्युन आर्थिक अवस्थाका कारण समस्या भएर पनि परीक्षण गराउन वीरगन्जसहितका अन्य अस्पतालहरुमा आउन नसकेकाहरु शिवीरबाट लाभान्वित भएको वीरगन्ज सामुदायक आँखा केन्द्रका नेत्र चिकित्सक डा. महेश सिंह धामीले बताउनुयभो ।
डा. धामीसहित प्रियांका साह लगायतको टोलीले परीक्षण गरेको शिविरमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही, प्रहरी नायब उपरीक्षक गौतम मिश्रा, ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक बिन्देश्वर यादव, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका अध्यक्ष एवम् पत्रकार राम सर्राफ, सामुदायिक प्रहरी सेवा केन्द्र बाराका कोषाध्यक्ष लुकेश सिंह लगायतको उपस्थिति रहेको थियो ।


















