कृष्णउदास खनाल

वीरगन्ज,नेपालले एक महिनामा मात्रै भारत सहितका तेश्रो मुलुकका लागि घरपालुवा कुकुर तथा बिरालाका लागि ३८ करोड रुपैयाभन्दा बढीको खाना निकासी गरेको छ ।चालु आर्थिक वर्षको जेठ महिनामा मात्रै २७ करोड र यो आर्थिक वर्षको एघार महिनाको अवधिमा वीरगञ्ज भन्सार कार्यालयबाट सो परिमाणको खाना निकासी भएको हो ।वीरगञ्ज भन्सार कार्यालयका अनुसार कुकुर तथा बिरालाका लागि आवश्यक पर्ने खानाका लागि ३८ करोड, ६८ लाख २५ हजारका खाद्यान्न निकासी गरेको छ । बिदेशबाट कुकुर र बिरालाका लागि खाद्यान्न माग आउने र नेपालले महिनैपिच्छे नै निकासी गर्ने गरेको देखिन्छ ।भन्सार नाकाबाट निकासी हुने बस्तुको सुचिमा कुकुर र बिरालाको खाद्यान्न १३ नम्बरमा रहेको छ । पहिलो नम्बरमा भने फलफुलको जुस रहेको छ । जेठ महिनामा मात्रै ६ अर्ब ६६ करोड ९ लाख ९२ हजारको जुस निकासी भएको वीरगञ्ज भन्सार कार्यालयको अभिलेखमा उल्लेख छ ।यसरी नै दोश्रो नम्बरमा भने प्रशोधित पामको तेल रहेको छ । सोही अवधिमा ३ अर्ब १५ करोड ७० लाख ४१ हजारको पाम तेल निकासी भएको छ । भन्सारको तथ्यांक अनुसार पाम तेल र फलफुलको जुस कहिले एक नम्बरमा जुस र कहिले तेल पर्दै आइरहेका छन् ।तेश्रो नम्बरमा भने जमोड कपडा परेको छ । यो यही अवधिमा १ अर्ब ६६ करोड ५४ लाख २३ हजार निकासी भएको छ । त्यस्तै चौंथोमा एक अर्बको पिना निकासी भएको छ भने पाँचौंमा सेन्थेटिक यार्न पनि ७७ करोडको निकासी भएको छ ।वीरगञ्ज नाकाबाट विभिन्न २० प्रकारका सामग्रीहरुको निकासी हुने गरेको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । अहिलेसम्म नेपालले सबैभन्दा बढी भारतमा ४ खर्ब बढीको व्यापारिक कारोबार गर्ने गरेको छ । दोश्रोमा चीनसंग ३ खर्ब तथा तेश्रोमा इन्डोनियासंग कारोबार गरिरहेको वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

 

 

Leave a Reply