सिमरा,स्वर्गीय नेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाराले वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ ।नेता भण्डरीको जन्म जयन्तीको अवसरमा साताव्यापी कार्यक्रम गरिरहेको अनेरास्ववियुले जीतपुरसिमरा उपमहानगरपालिका ६ स्थित स्वाथ्य चौकीमा वृक्षरोपण गरेको हो । मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा वृक्षरोपण सम्पन्न भएको हो ।अनेरास्ववियु बाराका अध्यक्ष सम्राट खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, एमाले नेता मनोज पौडेल, अमृतलाल श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष कैमुदिन अंसारी, अनेरास्ववियु मधेस प्रदेश संयोजक त्रिलोक विक्रम शाह, केन्द्रीय सदस्य लक्ष्मी तिमिल्सिना, मनिष प्याकुरेल, पूर्व केन्द्रीय सदस्य राजकुमार न्यौपाने, एमाले वडा नं. २ का अध्यक्ष रवीन्द्र खकुरेल, नेता उद्धव ढकाल, सरोज महतोलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here