कृपा संवाददाता
२५ भदौ, काठमान्डौं । मंगलबार जेन–जी युवाको आन्दोलनका क्रममा भएको भीषण आगलागीले सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएपछि त्यहाँका सबै मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
मुख्य रजिष्ट्रारद्वारा आज बिहान जारी विज्ञप्तिमा भनिएको छ – “मुद्दाका मिसिल, सर्भर र इजलास जलेर नष्ट भएकाले आज तोकिएका सबै पेसी स्थगित गरिएको छ । भोलिदेखिका सुनुवाइ पनि अर्को सूचना नभएसम्म स्थगित हुनेछन् ।”
















