निजगढ,निजगढ नगरपालिका वडा नम्बर ७ बाट वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका सुरेश सन्जेलले सो वडामा एमालेका उम्मेदवार टेकबहादुर लामाको पक्षमा उम्मेदवारी फिर्ता लिनुभएको छ ।

सन्जेलले सोमवार निजगढ नगरपालिका वडा नम्बर ७ स्थित एमाले प्रचार कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार लामालाई समर्थन र सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँले आगामी बैशाख ३० गते हुने निर्वाचनमा निजगढ नगरपालिकामा एमालेबाट प्रमुख पदका उम्मेदवार सुरथ पुरी, उपप्रमुख राममाया थिङ्ग र वडा अध्यक्ष पदमा लामासहित वडा समितिका सदस्यहरुको चुनाव प्रचारमा सरिक भइ चुनाव चिन्ह सूर्यमा मतदान गरी विजयी तुल्याउनुहुन सम्पूर्ण मतदाता र शुभचिन्तकहरुमा अपिलसमेत गर्नुभएको छ ।

कार्यक्रममा एमालेका प्रमुख पदका उम्मेदवार पुरी, उपप्रमुख उम्मेदवार थिड, एमाले मधेस प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, नगर कमिटी सहसचिव थानेश्वर सापकोटा लगातयत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here