कृपा संवाददाता
वीरगंज , २१ बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवरसमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) पर्र्सा शाखाले अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । फोनिज पर्साका अध्यक्ष अजित कुमार भुजेलको अध्यक्षतामा सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा केन्द्रको सभाकक्षमा सम्पन्न भएको हो । पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन भन्ने नाराका साथ फोनिज पर्सा शाखाले विश्व प्रेस स्वतन्त्रता दिवस मनाएका छन् ।

कार्यक्रममा विश्व प्रेस स्वतन्त्रताको अवसरमा शुभकामना दिदै विभिन्न आन्दोलन र संघर्षको परिणामले अहिले स्वतन्त्रता रहेपनि अझै राज्यबाट प्रेस स्वतन्त्रता र समानातामा विभेद गर्ने गरेको बताउनुभयो । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको विषयमा अहिले व्यापक बहस चलिरहेको र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले सत्यनारायण बहादुर श्रेष्ठ नै महासंघको संस्थापक अध्यक्ष भएको दावी गरेको जानकारी दिनुभयो । त्यसैगरी सत्य नारायण बहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष नमाने सम्म फोनिजले हाल सम्म आन्दोलन गर्दै आएको समेत सु्नाउनुभयो ।
कार्यक्रममा फोनिज मधेश प्रदेश अध्यक्ष दुष्यन्त चौधरी , जगत राई , फोजिन मधेश प्रदेश सदस्य शम्भु महतो थारु , फोनिज पर्साका संस्थापक अध्यक्ष दिलिप प्रधान , फोनिज पर्साका सल्लाहकार अभय दास थारु , कल्याण हाडा मगर , बालेश्वर गौरो , सुनिल कुमार श्रेष्ठ , अर्जुन चौधरी लगायतको सहभागिता रहेको थियो ।

















