करैयामाई,बाराको बारागढी गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिहासनीको प्राङ्गनमा १ दिने गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
बारागढी गाउँपालिकाको शिक्षा तथा युवा खेलकुद शाखाको आयोजनामा भएको सो कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी रायको प्रमुख आतिथ्यतामा भएको हो ।
प्रतियोगितामा गाउँपालिकाभित्र रहेका १३ वटा सामुदायिक विद्यालयहरूका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । प्रतियोगितामा माध्यमिक विद्यालयतर्फ श्रीगम्भीरा ब्रजकिशोर माध्यमिक विद्यालय गडहल प्रथम, श्री नेपाल राष्ट्रिय विद्यालय चेरवन्त पथरा दोस्रो र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिहासनी तेस्रो भएका छन् ।
त्यस्तै आधारभूत विद्यालयतर्फ श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय चेरवन्त पथरा प्रथम, श्री जनता माध्यमिक विद्यालय बुद्धगाई दोस्रो र श्री नथुनी आधारभूत विद्यालय दौर्वा तेस्रो भएका छन् । त्यस्तै कक्षा १ देखि ५ सम्मको प्राथमिक विद्यालयतर्फ श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय चेरवन्त पथरा प्रथम, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिहासनी दोस्रो र राम कविर भगवान आधारभूत विद्यालय मुर्की तेस्रो भएका छन् ।
गाउँपालिका अध्यक्ष देवदत्त बडाड थारूको अध्यक्षतामा भएको सो हाजरी जवाफ प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी, शिक्षा अधिकृत जलमती चौधरी, कार्यपालिका सदस्य अछेलाल राम, जोगिन्द्र साह कानु, नेपाल राष्ट्रिय आधारभूत विद्यालय चेरवन्त पथरा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष मुरारीप्रसाद चौधरी, गाउँपालिकाका प्रशासन प्रमुख गंगाकुमारी दास, कम्प्युटर रञ्जितकुमार कार्की, प्रधानाध्यापक बालेश्वर राम लगायत गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक, शिक्षाप्रेमी अभिभावक, विद्यार्थीहरू र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षिका प्रियात्मा चौधरीले गर्नुभएको थियो ।