नरेश गुप्ता

बरियारपुर,अविरल वर्षाका कारण आएको बाढीले सडक बगाएपछि कोल्हबी नगरपालिकाका दुई सडक अवरुद्ध भएका छन् । वर्षाका कारण वडा नम्बर १ स्थित कोल्हबी बजारदेखि खैरा जाने र वडा नम्बर ४ स्थित प्रगति नगरदेखि बिष्णुपुर जाने सडक भाँसिएर अवरुद्ध भएको हो ।

खैरास्थित कोल्हबी पैनीको बाटो अवरुद्ध भएपछि छिमेकी जिल्ला रौतहटको हिमालीबाँस, दुधिअवा, बुटवा, राङ्गी, गर्जा, बिजयपुरलगायतका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । स्थानीयलाई कोल्हबी बजारमा आएर किनमेल गर्नका कठिनाइ भएको छ । उक्त क्षेत्रको मुख्य बजारको रुपमा रहेको कोल्हबी बजारमा दिनहुँ हजारौको संख्यामा किनमेल गर्ने ग्राहक आउने गरेका छन । तर वर्षाका कारण सडक अवरुद्ध भएपछि कोल्हबी बजारको व्यापार प्रभावित बनेको नगर उद्योग बाणिज्य संघ कोल्हबीका अध्यक्ष लक्ष्मीप्रसाद साह कलवारले बताउनुभयो ।

कोल्हबी आसपासका क्षेत्रका बासिन्ला कृषि पेसामा निर्भर रहेको बताउदै सडक बन्द भएपछि कृषकले खेतमा धान बाली लगाउने बेलामा मल तथा किटनाशक औषधि किलमेल समस्या देखिएको कोल्हबी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरीले बताउनुभयो ।

नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले नगर सभा सकिएर भर्खरैमात्र वडाहरुको बजेट सिलिङ्ग गरेको र चाँडोभन्दा चाडो सडक मर्मत गरेर संचालनमा ल्याउने बताउनुभएको छ ।

Leave a Reply