नेपाल र भारतका बीचमा वषौं पहिलादेखि सांस्कृतिक सम्बन्ध रहेको कुरा पुराणहरुमा नै उल्लेख छ । भारत ठूलो देश भएता पनि ऊ बेलामा नेपाल पनि सानो थिएन ।यद्यपि नेपालको भूभाग भने समान थिएन । फरक फरक राज्यको संरचनामा नेपाल रहेको थियो । त्यसैले पनि नेपालको भारतसंग सीमा जोडिएको क्षेत्रमा भने वषौंदेखि सांस्कृति सम्बन्ध रहेको कुरा त राम, सीताहरुको कहानीबाट पनि स्पष्ट हुन्छ । त्यसो त आज पनि यो सम्बन्ध उत्तिकै छ ।नेपालका चेलीहरुको भारतमा र भारतका चेलीहरुको नेपालमा विवाहवारी हुदै आइरहेको तथ्यले पनि यो कुराको पुष्टी गर्दछ । तर, पछिल्ला दिनमा नेपाल र भारतको राजनीतिक सम्बन्ध जसरी सांस्कृतिक सम्बन्धमा पनि तनाब सृजना गर्ने काम गरिदैछ । राजनीतिक रुपमा जे भएपनि सास्कृतिक रुपमा भने बिचलन ल्याउन हुन्न ।त्यसो त कसैले चाहदैमा यो पूरा त हुदैन तैपनि विवादमा ल्याउने काम भने भइरहेको छ । पछिल्लो समय एक हिन्दी चलचित्रका विषयमा यस्तै बहस र विवाद भएको छ । चलचित्रमा नेपालको सांस्कृतिक क्षेत्रमाथि हस्तक्षेप गरिनुलाई कदापि जायज मान्न सकिन्न । तर सीताको विषयमा विवाद गरिनुहुन्न । सीता ऊ बेलामा न नेपाल न भारतमा जन्मिएका थिइन् । मिथिला राज्यमा जन्मिएकी सीताको विषयमा धेरै विवाद अहिले गरेर अर्थ भने देखिदैन ।
















