निजगढ,चौतारा युवा क्लबको आयोजनामा निजगढ ७ को योजनाटोलमा भइरहेको सेभेन साइड भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएको खेलमा सिगौलको लालिगुराँश युवा क्लब विजयी भएको छ ।लालिगुराँशले निजगढ ४ को निजगढ भेट्रान क्लबलाई ४-१ ले पराजित गरेको हो । लालिगुराँशको जितमा शेखर लोप्चनले ह्याट्रिक पुरा गरेका थिए भने अर्को गोल भिम लामाले गरेका हुन ।शेखरले पहिलो हाफको ८, १२ र १६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन । भिम लामाले भने दोस्रो हाफको दोस्रो मिनेटमा निर्णायक गोल गरेका थिए ।निजगढ भेट्रानको लागि चन्दन धामीले दोस्रो हाफको १९ औं मिनेटमा सान्वना गोल फर्काएका थिए ।खेलको म्यान अफ दि म्याचको लालिगुराँशका भिम लामाले नै हात पारे । उनलाई स्थानीय समाजसेवी खडकबहादुर आलेले ट्रफी प्रदान गर्नुभएको थियो ।

Leave a Reply