काठमाण्डौ,२३ वर्षमुनिको बंगबन्धु एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले शनिवार लगातार तेस्रो हार व्यहोरेको छ ।आज ढाकामा भएको खेलमा किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएसँगै नेपालले लगातार तेस्रो हार व्यहोरेको हो । पहिलो सेट किर्गिस्तानले २५–१६ स्कोरले जितेको थियो । दोस्रो सेटमा नेपालले २५–२३ को स्कोरले जित्यो ।तेस्रो सेटमा किर्गिस्तानले २५–१७ ले चौंथो सेट नेपालले २५–१९ स्कोरले जित्यो । अन्तिम तथा पाँचौं सेट किर्गिस्तानले १५–६ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा नेपाल आयोजक बंगलादेश र दोस्रो खेलमा श्रीलंकासँग सोझो सेटमा पराजित भएको थियो ।च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागीता रहेको छ । नेपालले च्याम्पियनसिपको सेमिफाइनल खेल आइतवार खेल्नेछ । प्रतियोगितामा चार टोलीको मात्रै सहभागिता रहेकोले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

Leave a Reply