बिदुर खडका

डुमरवाना,बाराको वनमा घाटगद्दी गरेर राखिएको काठ सडेर नष्ट हुँदा पनि सर्वसाधारण उपभोक्ताहरुले भने प्रयोग गर्न पाएका छैनन ।
सरकारको गलत नीति र वन कार्यालय बाराका कर्मचारी तथा उपभोक्ता समितिबीचको विवादको कारण काठ बिक्री हुन नसेकेर नष्ट हुदै आएको हो । साझेदारी वन व्यवस्थापन समिति र सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी समितिबीचको विवादले काठ वितरण हुन नसक्दा उपभोक्ताहरु भने मारमा परेका हुन ।
वन समिति र वन कार्यलयले काठ वितरण गर्ने आशामा एक वर्षदेखि निर्माण गर्न थालेको घर अधुरो रहेको सिमराका उपभोक्ता शम्भुप्रसाद पण्डितको गुनासो छ । गढिमाई साझेदारी वन व्यवस्थापन समिति जीतपुरसिमराका अध्यक्ष गणेश साहले भने समितिमा १५ हजार क्विफिट काठ मैजाद रहेपनि वन कर्मचारीको ढिलासुस्तिले कारण उपभोक्तलाई वितरण गर्न नसकिएको बताउनुभयो । तर यता डिभिजन वन कार्यालय सिमराका प्रमुख मन्जुर अहमदले भने गत दुई वर्षदेखि सरकारले काठ बिक्री वितरणमा रोक लगाएको भएपनि हाल खुलिसकेकोले सामुदायिक र साझेदारी वन समितिले प्रकृया पूरा गरेर काठ बिक्री गर्न सक्ने बताउनुभयो ।


















