उमेश घलान
निजगढ,श्रीबकैया ठाकुर माध्यमिक विद्यालय निजगढ नगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।सोमवार भएको पहिलो सेमिफाइनलमा श्री गौरीशंकर माध्यमिक विद्यालय शहिद चोकलाई २ गोलको अन्तरले पराजित गर्दै बकैया ठाकुर माध्यमिक विद्यालय खयरघारी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।खेलमा लिएको सुरुवाति अग्रता जोगाउदै बकैया ठाकुरले गौरीशंकरलाई दववमा राखेको थियो । पहिलो हाफमा नै स्तब्ध भएको गौरीशंकरले दोश्रो हाफपछि सान्त्वना गोल गरेको थिए । उक्त गोल जोगाउन नसक्दा गौरीशंकर प्रतियोगिताबाट बाहिरिनुप¥यो । खेलको १६ औं मिनेटमा बकैया ठाकुर माविका समीर कुमरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ३० औं मिनेटमा गौरीशंकरले गोल गर्दै खेललाई १–१ गोलको बराबरिमा पुगेको थियो ।खेलको निर्धारित समय सकिन केहि मिनेट बाँकी रहँदा बकैया ठाकुर माविका समीर कुमरले पुनः गोल गर्दै टालीलाई जित दिलाएका थिए । खेलको म्यान अफ द म्याच बकैया ठकुरमाका कुमर घोषित भए ।सोमवारको खेलसंगै प्रतियोगिताको फाइनल समिकरण सुरुभएको छ । त्यस्तै गरी मंगलवारको खेल विद्यासागर माध्यमिक अङ्ग्रेजी बोर्डिङ स्कुल र श्री नेपाल राष्ट्रिय मावि रतनपुरबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने छ ।

Leave a Reply