निजगढ,निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलमा शुक्रवार क्षयरोग स्क्रिनिङ्ग शिविर तथा विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएकोछ ।स्थानीयललाई घरदैलोमा नै पुगेर स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा परीक्षणको लागि आएका ७२२ मध्ये २५१ जनाको छातीको एक्स–रे, २६६ जनाको खकारको परीक्षण, १११ जनाको मधुमेह तथा ९४ जनालाई मनोरोग सम्बन्धी चेकजाँच र परामर्श सेवा दिइएको थियो ।

निजगढ नगरकार्यपालिका स्वास्थ्य शाखाको आयोजनामा स्थानीय लोकप्रिय आधारभूत विद्यालय प्राङ्गणमा भएको सो कार्यक्रममा सिंगौल गाउँमा पर्ने निजगढ नगरपालिका १, २ र ३ नम्बर वडाका सर्वसाधारणले सेवा लिएकाछन् ।
निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ले सर्वसाधारणको स्वास्थ्य प्रबद्र्धन गर्न घरदैलोमा विशेषज्ञ चिकित्सकलाई लगेर सेवा प्रदान गरिएको बताउनुभयो ।

त्यसैगरी घरदैलोमा नै विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा आफूहरु लाभान्वित बनेको सेवाग्राही कल्पना थापाको भनाई छ ।
क्षयरोगका बिरामीलाई लक्षित गरि कार्यक्रमको आयोजना गरिएको सो कार्यक्रममा सर्वसाधारणको स्वास्थ्य परीक्षण र परामर्श सेवा पनि उपलब्ध गराइएको निजगढ कार्यपालिका स्वास्थ्य शाखाका उपप्रमुख मणिश्वर घिमिरेले जनाउनुभयो । उहाँले ७ जनामा क्षयरोगको पत्ता लगाइ उपचारको दायरमा ल्याइएको र ५८ जना शंकास्पद क्षयरोगको बिरामीहरुलाइ सिनएक्सपट परीक्षणको लागि अन्यत्र पठाइएको जानकारी दिनुभयो ।निजगढ नगरकार्यपालिकाको स्वास्थ्य शाखाले यसअघि बुधवार निजगढ र बिहीवार रतनपुरमा पनि सोही प्रकारको सेवा संचालन गरेको थियो ।

Leave a Reply