?

वीरगञ्ज,गर्मी कम नभएपछि वीरगञ्ज महानगरपालिकाले फेरि पनि गर्मी विदाको अवधि थप गरेको छ । तेस्रो पटक विदा थप्दै महानगरपालिकाले असार ५ गतेसम्मका लागि गर्मी विदाको अवधि लम्ब्याएको हो । यद्यपि सामुदायिक विद्यालयमा मात्र लागू हुनेगरी विदा दिइएको छ ।महानगरपालिकाअन्तर्गत पर्ने शैक्षिक प्रशासन महाशाखाले शनिवार एउटा सूचना जारी गर्दै अपेक्षाकृत ढङ्गले गर्मीमा कमी नआएपछि हाल जारी विदालाई असार ५ गतेसम्मका लागि लम्ब्याइएको जनाएको छ । वीरगञ्ज महानगरपालिकाको मातहातमा पर्ने सामुदायिक विद्यालयमा मात्रै लागू हुने गरी गर्मी विदा लम्ब्याइएको सूचनामा उल्लेख छ ।संस्थागत अर्थात् निजी विद्यालयमा भने विदा थपिएको छैन । निजी विद्यालयहरु असार ३ गते (आइतबार) देखि नियमित समयमा सञ्चालनमा आउने जनाइएको छ ।यसअघि सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमसमेतमा आएको एउटा गलत सूचनाले भ्रम सृजना गरेपनि महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले उक्त सूचनालाई गलत बताउँदै विद्यालयमा गर्मी विदा नलम्ब्याइएको जनाएको थियो । तर, त्यसको केही समय भित्रै महानगरपालिकाले नै अर्को सूचना जारी गर्दै सामुदायिक विद्यालयमा मात्र लागू हुनेगरी असार ३ गतेसम्मका लागि विदा थप गरिएको जनाएको छ ।महानगरपालिकाले एकद्वार प्रणालीबाट सूचना जारी नगर्दा अन्यौलता सृजना भएको छ । शिक्षासँग जानकारी गराउन वीरगञ्ज महानगरपालिकाले चलाउने फेसबूक पेज र महानगरपालिकाको आधिकारिक फेसबूक पेजबाटै छुट्टाछुट्टै सूचना जारी भएपछि अन्यौलता सृजना भएको स्थनीय अभिभावकहरुले बताएका छन् ।गर्मी बढेसँगै वीरगञ्ज महानगरपालिकाले प्रथम पटक जेठ १७ गतेदेखि २६ गतेसम्मका लागि गर्मी विदा घोषणा गरेको थियो । गर्मीमा कमी नआएपछि विदा दोस्रो पटकका लागि थप्दै असार १ गतेसम्म पु¥याएको थियो । अहले पनि गर्मीमा कमी नआएको कारण विदा तेस्रो पटक गरी असार ५ गतेसम्मका लागि लम्ब्याइएको छ ।

Leave a Reply