धरान पूर्वी नेपालको एक व्यापारिक शहर हो । त्यहाँका मानिसकहरु पनि अन्य शहरकै जस्तो मिश्रित छन् । धनी पनि छन्, गरिब पनि छन् र मध्यम खालका नागरिकहरु धेरै छन् । गत स्थानीय चुनावमा धरानका जनताले लामो समयदेखि धरानका नागकिहरुका लागि पानी खुवाउन मरीहत्ते गरिरहेका हर्क साम्पांग राईलाई मेयरमा बिजयी गरिदिए ।पानीको मुद्दालाई प्राथमिकता मात्र नभइ नागरिहरुको हरेक दुःखको साथी बनेका राई आफ्नो कर्ममा सफल भएका छन् ।गत बैशाख ३० गते भएको चुनावमा देशका अन्य स्थानका जनप्रतिनिधिहरुले पनि केही गरे होलान् केहीले गर्दै होलान् भने केही चैं गफ चुड्दै होलान् तर धरानका मेयर हर्क साम्पांग भने सोमवार मध्यरातसम्म धरानको एक वडाका नागरिकहरुका लागि पानी खुवाउन बसे र अन्ततः पानी ल्याएर छाडे । आफ्नो सपना पूरा भएपछि उनमा हर्षको आँशु आयो ।उनको हर्षमा धरानका नागरिकहरुले साथ दिए । उनी आफ्नो काममा सफल भइरहदा उनले धरानका नागरिकहरुको मन जितेका छन् । उनी वास्तवमा जनताको सही प्रतिनिधि बनेका छन् । जनताको प्रतिनिधि भनेको त मेयर राई जस्तै हुनुपर्दछ । यो बाटोमा सबै लाग्ने हो भने त नेपालले विकासमा फड्को मार्न पनि समय लाग्ने छैन तर कुरा गर्ने अनि काम नगर्ने प्रवृत्ति रहेसम्म फेरि देश र जनताको अवस्था उस्तै हुने निश्चित छ ।

Leave a Reply