नरेश गुप्ता
बरियारपुर,नेपाल र भारत सुरक्षाकर्मीहरुको संयुक्त टोलीले बाराको सिमा नाकामा कोभिड संम्बन्धि जनचेतनामुलक कार्यक्रम आयोजना गरेको छ । नेपालको सशस्त्र प्रहरी र भारतीय एसएसबी कमाण्डको संयुक्त टोलीले कोभिडको बढ्दो संक्रमण न्युनीकरण गर्ने उद्देश्यले सिमा नाकाका स्थानीयहरुमा सचेतनामुलक कार्यक्रम संचालन गरी मास्कसमेत वितरण गरेको हो ।
बाराको कबहिगोठ बिओपीको पिलर नम्बर ३७७ मा चन्द्रमान र सन्फुलवामा बिओपीपति सशस्त्र प्रहरी निरीक्षक अम्रित दुलाल र भारतीय एसएसबी सहायक कमाण्डर असल श्रीवास्तवको नेतृत्वमा सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा दुबै देशका सिमा पिलर नजिकका स्थानीयहरुलाई सुरक्षाकर्मीहरुले मास्क वितरण गरी कोभिडबाट बच्ने उपायहरू अवलम्बन गर्न सुझाव दिएका थिए ।
सशस्त्र प्रहरी निरीक्षक दुलाल र एसएसबीका सहायक कमाण्डर श्रीवास्तवले दसगजा क्षेत्रका १०÷१० गजभित्रको जमिनको सफाइ गरिदिन स्थानीयहरुसंग आग्रह गर्दै सूचना आदानप्रदान गर्न समेत आग्रह गर्नुभएको थियो ।
कोभिड महामारीले दुबै देशका विद्यायहरु बन्द रहेकाले बालबालिकाहरुको पठानपाठनमा समस्या उत्पन्न भएको सिमा क्षेत्रका बालबालिकालाई दुबै देशको जवानहरुले बिहान एक घण्टा अध्यापन गराउने निर्णय पनि गरिएको छ । यसले बालबालिकाहरुको पढ्ने बानीको बिकास हुनुको साथै दुबै देशको निति नियम रहनसहन तथा साँस्कृतिकोसमेत विद्यार्थीलाई जानकारी हुने १२ नम्बर गणका प्रवक्ता डिएसपी सजिव पाण्डेले बताउनुभएको छ ।
एसएसबीका सहायक कमाण्डर श्रीवास्तव सरुवा भएर कटहरीया क्याम्पमा आएपछि दुबै देशका सुरक्षा निकायसँग समन्वय गरी सुरक्षा व्यवस्था कडा पार्दै आउनुभएको छ । श्रीवास्तवले केहि दिनअघि भारतको कर्नाटकमा चार नेपाली सहित एक भारतीय मजदुरलाई उद्धार गरी सकुशल घर फिर्ता गरेको घटनाले स्थानीय खुसी बनेका छन ।