पुष्पराज खतिवडा
बारा,बारा प्रहरीले अबैध हुण्डी कारोबारमा संलग्न दुईजनालाई १० लाख २० हजार रुपैंया सहित पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा जिल्लाको फेटा गाँउपालिका वडा नम्बर ६ पुरैनिया बस्ने वर्ष ४१ को सैदुल्ला मियाँ ठकुराई र सोही ठाउँका २२ वर्षका बागर अंसारी रहेको प्रहरीले जनाएको छ ।विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोमवार अपराहन्न बिश्रामपुर गाउँपालिका वडा नम्बर १ घोडासहन नाकाबाट पक्राउ गरेको हो ।

छतवाका प्रहरी वरिष्ठ नायव निरीक्षक सन्तोष केसीको कमाण्डमा खटिएको टोलीले ना ३६ प ४५६३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ श्रोत नखुलेको रकम आउदै गरेका उनीरुलाई नियन्त्रणमा थियो ।
पक्राउ परेकाहरु उपर हुण्डी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ७ (सात) दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानाकारी दिनुभयो ।

Leave a Reply