सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका विद्यालयलाई लक्षित गर्दै आइतबार विद्यालय स्वास्थ्य सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन महाशाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।उपमहानगरपालिकाको २५ वटा विद्यालयमा स्वास्थ्य कार्यक्रम संचालन गर्ने अभियान अन्तर्गत आयोजित अभिमुखीकरणमा ५० महिला तथा पुरुष शिक्षकको सहभागिता रहेको थियो । महाशाखाले उपमहानगरपालिकाको २४ वटा वडाबाट एक÷एक र टाँगियाबस्तीको एक गरी २५ विद्यालयमा स्वास्थ्य कार्यक्रम संचालन गर्दैछ ।उक्त विद्यालयका शिक्षकलाई स्वास्थ्य दुतका रुपमा अभिमुखीकरण कार्यक्रममा सहभागी गराइएको महाशाखा प्रमुख रवि भाष्करले जानकारी दिनुभएको छ । कार्यक्रममा सहभागी भएका शिक्षकले आफू कार्यरत विद्यालयमा स्वास्थ्य सचेतना सम्बन्धि अभियान संचालन गर्ने भाष्करको भनाई छ ।महाशाखाले यसअघि जेठ ११ गते विद्यालयका प्रध्यानाध्यापक र स्वास्थ्य संस्थाका प्रमुखबीच अभिमुखीकरण कार्यक्रम संचालन गरेको थियो । अभियानकै रुपमा कार्यक्रम अघि बढाइएकाले शिक्षक, विद्यार्थी हुँदै अभिभावकसम्म स्वास्थ्यसम्बन्धि सचेतना पुग्नेमा आशावादी रहेको महाशाखा प्रमुख भाष्करले बताउनुभयो ।महाशाखाले स्वास्थ्य सम्बन्धि कार्यक्रम लागु भएका विद्यालयमा आँखा तथा कानको जाँच शिविर, किशोरीलाई आइरन चक्की, जुकाको औषधी वितरणलगायतको कार्यक्रम गर्ने तयारी गरेको छ ।