कृपा संवाददाता
हेटौंडा , १५ मंसिर । हेटौंडाको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय नवनिर्मीत भवनको आज उद्घाटन् तथा हस्तान्तरण गरिएको छ । कुल ५ करोड ९२ लाख रुपैयां लागतमा निर्माण गरिएको १८ कोठे विद्यालय भवनको आज मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन् गर्नुभयो । जाईकाको आर्थिक तथा प्राविधिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो ।

 

 

भवनको उद्घाटन् गर्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अवको शिक्षा प्राविधिक र रोजगार मुलक शिक्षा आवस्यक रहेको वताउनुभयो । अहिले शैक्षिक वेरोजगार उत्पादन गर्ने थलो वने पनि अव भने विद्यालयको पढाइसक्दा कुनै पनि विद्यार्थी रोजगारीबाट विमुख हुनु हुंदैन ।’ आधुनिक बिद्यालय हेटौंडाको शान रहेको वताउनुभयो । देशलाई अगाडी वढाउन शिक्षा प्रणालीमा सुधार आउन जरुरी रहेको वताउनुभयो ।

 

 

समयमा काम नसक्नेलाई जरिवाना गर्ने र काम छिटो सक्ने ठेकेदारलाई पुरस्कृत गर्नुपर्ने उहांले वताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले आधुनिक विद्यालय मकवानपुरको चिनारी रहेको वताउनुभयो । कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here